रेलिगेशन जोनमा रहेको डीजोनसँग पीएसजी स्तब्ध

तस्बिरः एजेन्सी

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)रेलिगेशन जोनमा रहेको डीजोनसंग हार ब्यहोरेको छ ।

शुक्रबार राति भएको खेलमा डीजोनले घरेलु मैदानमा लिग लिडर पीएसजीलाई २–१ को नतिजा निकाल्दै पराजित गरेको हो ।

खेलको १९ औ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको ईन्जुरी समयमा मौनिर चौयरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको तेस्रो मिनेटमा जोन्डर काडिजले डीजोनका लागि विजयी गोल गरेका थिए ।

जितसँगै लिगमा डीजोन १८ औ स्थानमा उक्लिन सफल भएको छ ।

हारका बाबजुत पीएसजी १२ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको नान्ट्ससंग ८ अंकको अग्रता कायमै छ ।

प्रकाशित मिति: : 2019-11-02 07:10:14

प्रतिकृया दिनुहोस्