विश्वकप छनोट: कमजोर नेपालविरुद्ध अष्ट्रेलियाको सानदार जित,म्याक्लारेनले गरे ह्याट्रिक

विश्वकप छनोट अन्तर्गतको समूहको चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नेपाल ५–० ले पराजित भएको हो । अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले ह्याट्रिक गरे । यता ह्यारी सुटरले दुई गोल गरे ।

कमजोर टिम नेपालविरुद्ध अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा म्याक्लारेनको गोलबाट अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको २४ औं मिनेटमा सुटरले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।पहिलो हाफ ३–० ले पछाडि परेको नेपालले दोस्रो हाफको ५९ औं मिनेटमा अर्को गोल खायो ।अष्ट्रेलियाका लागि चौथो गोल पुनःसुटरले गरे ।

त्यसपछि खेलको ९० औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत तेस्रो गोल गरेर ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५-० को जित दिलाए ।जितसँगै समूह 'बी'को अष्ट्रेलियाले ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ । अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ ।

पराजित नेपालले भने ३ खेलमा ३ अंक जोडेको छ ।

अब नेपालले चौंथो खेलमा जोर्डनको सामना गर्नेछ । नेपालले जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।

प्रकाशित मिति: : 2019-10-10 16:45:52

प्रतिकृया दिनुहोस्