लिभरपुलकाे अपराजित यात्रा कायमै, पेनाल्टीले दिलायाे जितकाे माैका

Agency

लिभरपुलले यो सिजनमा आफ्नो अपराजित यात्रालाई कायमै राखेकाे छ। शनिबार राती लेस्टर सिटीलाई २–१ गाेलले हराउने क्रममा इंग्लिस प्रिमियर लिगमा जितकाे संख्या ८ पुर्याएकाे छ।

लिभरपुलकाे घरेलु मैदान एनफिल्डमा भएको खेलमा साडीयो माने र जेम्स मिल्नरको विजयी गोल ठाेके। मिल्नरकाे पासमा ४० मिनेटमा मानेले गोल गरेका थिए। तर ८० औं मिनेटमा जेम्स माडिसनले लेस्टरका लागि गोल गरेपछि खेल राेमाञ्चक माेडमा पुगेकाे थियाे। यति नै बेला अन्तिम मिनेटमा पाएकाे पेनाल्टीकाे अवसरलाई सदुपयाेग गर्दै  लिभरपुल विजयी भयाे। पेनाल्टी मिल्नरले हानेका थिए। 

लिभपरपुलले आधा दर्जन माैका गुमाएकाे थियाे। जितसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी आठ अंकमा छाेट्याएकाे छ। हारका कारण लेस्टर दोस्रो स्थानमा उक्लिन बञ्चित रह्याे। 

प्रकाशित मिति: : 2019-10-06 10:47:26

प्रतिकृया दिनुहोस्