ओमानमा नेपाली युवा क्रिकेटरकाे अग्नी परीक्षा, आजबाट प्रतियाेगिता सुरु

बिएल

युवा खेलाडीकाे बाक्लाे उपस्थिति रहेकाे नेपाली क्रिकेट टिमकाे अग्नि परीक्षाा शनिबारदेखि ओमानमा सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटको तयारीका रुपमा रहेको पाँच देशको सहभागिता रहेको सिरीजबाट हुँदैछ।

सिङ्गापुरमा जिम्बावे र आयाेजक राष्ट सहभागी त्रिकाेणात्मक खेल खेलेर नेपाली टाेली ओमान पुगिसकेकाे छ।  सिङ्गापुरमा भएकाे क्षेत्रीय छनाेटबाट बाहिरिएलगत्तै नेपालले अभ्यासका रुपमा याे प्रतियाेगितामा भाग लिदैछ। 

पछिल्लाे समय पुराना खेलाडीलाई विश्राम दिँदै युवा खेलाडीलाई माैका दिइएकाे याे प्रतियाेगिता उनीहरुका लागि टिममा स्थान बनाउने सुनाैलाे अवसर पनि हाे। खास गरेर प्रारम्भिक ब्याट्सम्यान र मध्यक्रमकाे ब्याट्सम्यानकाे लामाे समयदेखि खाेजी भइरहेकाे अवस्थामा टिम नेपालका लागि याे प्रतियाेगिता युवा ब्याट्सम्यान खाेजीमा विशेष महत्वपूर्ण मानिएकाे छ। 

नेपालले आइतबारदेखि प्रतिस्पर्धा गर्नेछ। आज घरेलु ओमन र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। आजकै दिन आयरल्याण्डले अर्काे युराेपेली प्रतिद्धन्दी नेदरल्याण्डसँग भिड्न्त गर्नेछ। याे खेल सम्पनन् भएपछि नेपाल बाहेक ४ वटै टिम युनाइटेड अरब इमिरेट्सकाे दुबई पुग्नेछन्। ओमानमा आजदेखि सुरु हुने यस प्रतियाेगितामा सहभागी सबै टिम टी–२० मान्यता प्राप्त भएका कारण आइसिसीले मान्यता दिएकाे छ। 

नेपाली टोली

कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी,पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन्।

ओमान टी–२० सिरिजका खेल

५ अक्टुबर : ओमान–हङकङ, आयरल्याण्ड–नेदरल्याण्ड
६ अक्टुबर : ओमान–आयरल्याण्ड, नेपाल– हङकङ
७ अक्टुबर : नेपाल–नेदरल्याण्ड, हङकङ–आयरल्याण्ड
९अक्टुबर : आयरल्याण्ड–नेपाल, ओमान–नेदरल्याण्ड
१० अक्टुबर : हङकङ–नेदरल्याण्ड, नेपाल–ओमान

 

 

 

 

 

प्रकाशित मिति: : 2019-10-05 07:37:25

प्रतिकृया दिनुहोस्