विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड आज राति प्रदान गर्ने भएको छ। सोमबार राति इटालीको मिलानमा आयोजित विशेष कार्यक्रमबीच फिफा वर्ष खेलाडी प्रदान गर्ने कार्यक्रम रहेको छ।
अवार्डका लागि फिफाले तीन जना खेलाडीको मनोनयन यसअघिनै सार्वजनिक गरिसकेको छ। मनोनयनमा लियोनल मेसी, भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डो छन्।
तीनै जना खेलाडी यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) को उत्कृष्ट वर्ष खेलाडीको पनि मनोनयनमा परेका थिए। तर, यूईएफएको उत्कृष्ट अवार्ड भने भाइ डाइकले जितेका थिए।
फिफाले शीर्ष तीनमा रहेका मध्येबाट फिफामा आबद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कम मार्फत् विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट वर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्ने गर्छ।
खेलाडीसँगै फिफाले अन्य विधाको अवार्डका लागि अन्तिम तीनको मनोनयन पनि यसअघि नै सार्वजनिक गरिसकेको छ।
यस्तो छ सबै विधाको मनोनयन
उत्कृष्ट पुरुष खेलाडी
१) लियोनल मेसी (बार्सिलोना/अर्जेन्टिना)
२) क्रिस्टियानो रोनाल्डो (युभेन्टस/पोर्चुगल)
३) भर्जिल भान डाइक (लिभरपुल/नेदरल्यान्ड्स)
उत्कृष्ट महिला खेलाडी
१) मेगन रापिनो (अमेरिका)
२) एलेक्स मोर्गन (अमेरिका)
३) लुसी ब्रोन्ज (इङ्ल्यान्ड)
उत्कृष्ट पुरुष प्रशिक्षक
१) पेप ग्वार्डीओला (म्यानचेस्टर सिटी)
२) योर्गेन क्लप (लिभरपुल)
३) माउरिसिओ पोचेटिनो (टोट्टनहाम)
फिफा पुस्कास अवार्ड
१) लियोनल मेस्सी (बार्सिलोना/अर्जेन्टिना)
२) जुआन फेर्नान्डो क्वेटेरो (रिभर प्लेटर/कोलम्बिया)
३) डेनियल जसोरी (डेब्रेसेनी/रोमानिया)
उत्कृष्ट पुरुष गोलरक्षक
१) एलिसन बेकर (लिभरपुलर/ब्राजिल)
२) एन्डरसन (म्यानचेस्टर सिटी/ब्राजिल)
३) मार्क टेर स्टेगेन (बार्सिलोना/जर्मनी)
उत्कृष्ट महिला गोलरक्षक
१) हेडभिग लिडहल (स्वीडेन)
२) क्रिस्टियन एन्डलर (चिली)
३) सारी भान भीनेनडाल (नेदरल्यान्ड्स)
उत्कृष्ट महिला प्रशिक्षक
१) जील एल्लिस (अमेरिका)
२) फिल नेभील (इङ्ल्यान्ड)
३) सरिना वियगमन (नेदरल्यान्ड्स)