यू–१९ एसिया कपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने

तस्बिरः एजेन्सी

श्रीलंका जारी यू १९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्। बिहीबार तय भएको सेमिफाइनल खेल वर्षाले रद्द हुँदा समूह चरणको अंकका आधारमा भारत र बंगलादेशले फाइनलमा स्थान बनाएका हुन्।

सेमिफाइनलमा भारत र श्रीलंका तथा अफगानिस्तान र बंगलादेश भिड्ने तय भएको थियो। तर, दुवै सेमिफाइनल वर्षाले प्रभावित भए।

बंगलादेशले समूह बी का सबै खेल जितेको थियो। यसैगरी भारतले पनि समूह ए को सबै खेल जित्दै समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको थियो।

प्रतियोगितामा नेपाल लगातार दुई खेलमा श्रीलंका र बंगलादेशसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो।

बंगलादेशले समूह चरणमा युएई र नेपाललाई ६–६ विकेटले पराजित गर्दा घरेलु टोली श्रीलंकालाई ४२ रनले पाखा लगाएको थियो।

यस्तै अर्को समूहमा भारतले कुवेतलाई ७ विकेटले पराजित गर्दा पाकिस्तानलाई ६० तथा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेको थियो।

फाइनल खेल शनिबार हुने छ।

प्रकाशित मिति: : 2019-09-13 08:08:40

प्रतिकृया दिनुहोस्