स्टिभ स्मिथ फेरि बन्लान अस्ट्रेलियाको कप्तान?

Agency

अस्ट्रेलियाका पूर्व कप्तान मार्क टेलरले एशेष शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका स्टिभ स्मिथलाई पुनः टिमको कप्तान बनाउन आग्रह गरेका छन्। ३० वर्षीय स्मिथ सन् २०१८ को मार्चमा केपटाउन टेस्टको बेला सेन्डपेपरले बल कोतरेको आरोपमा १ बर्ष प्रतिबन्धमा परेका थिए।

क्रिकेटमा पुनरागमन गर्ने क्रममा एशेषमा उनले उत्कृष्ट प्रदर्शन गर्दै टेस्टको नम्बर एक ब्याट्सम्यान बन्न पुगेका थिए। हाल अस्ट्रेलियाको टेस्ट टिमको कप्तानी विकेटकिपर टिम पेनले गरिरहेका छन्। आउँदो डिसेम्बरमा पेन ३५ वर्षको हुनेछन्।

बीपीले भेट्न खोज्दा बाबाले भन्नुभयो, ‘इट्स टु लेट’ (भिडियोसहित)

बढ्दो उमेरका कारण पेनको स्थानमा उस्मान ख्वाज र ट्रेविस हेडलाई कप्तानीको जिम्मेवारी सुम्पिने सम्भावना थियो। तर, इंग्ल्यान्डमा दुबैको प्रदर्शन राम्रो हुन सकेन। यस्तो अवस्थामा कप्तानीको जिम्मेवारी स्मिथलाई जान सक्ने सम्भावना बढेर गएको छ।

कप्तानीको जिम्मेवारीमा पेट कमिन्स र जेस हेजलउडको सम्भावना पनि मानिन्छ। तर, दुबै बलर भएका कारण उनीहरूलाई जिम्मेवारी दिने कुरामा अस्ट्रेलियाली बोर्ड त्यति निश्चिन्त हुन सकेको छैन। स्मिथले तीन टेस्टको ५ इनिङमा १४४, १४२, ९२, २११ र ८१ रन बनाएका थिए।

मार्क टेलरले मर्निङ हेराल्डमा लेखेका छन्, ‘म विश्वस्त छु। स्मिथले फेरि टिमको कप्तानी गर्नेछन्।’

प्रकाशित मिति: : 2019-09-12 17:51:38

प्रतिकृया दिनुहोस्