चीनका आधाभन्दा बढी बालबालिका र किशोर किशोरीहरुमा नजिक देख्ने तर टाढा नदेख्ने समस्या रहेको पाइएको छ।
राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सन् २०१८ मा यस्तो समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुको संख्या ५३.६ प्रतिशत पुगेको छ ।
पछिल्ला केही वर्षमा बाल्यावस्था तथा किशोरावस्थामै आखाँको समस्या देखिने क्रम बढेको आयोगका एक जना उच्च अधिकारी झाङ योङले पत्रकारहरुलाई बताए।
उनीहरुले छ ‘डायोप्टर’ भन्दा बढी क्षमताको चश्मा लगाउने गरेका छन् । आँखाको समस्या भएका उनीहरुमध्ये धेरै प्रतिशतले उच्च माविमा अध्ययनरत रहेका छन् ।
टाढा हेर्ने र घर बाहिर हेर्ने अभ्यास कम हुनु, पर्याप्त ननिदाउनु, घर भित्रका र नजिक मात्रै हेरेर गर्ने काम धेरै गर्नु, विद्युतीय सामग्रीहरुमा धेरै समय आखाँ राखिरहनुलगायतका कारणले बालबालिका तथा किशोरकिशोरीहरुमा आँखाको समस्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।