रामचन्द्रले देउवालाई भने, ‘म छदैछु के काे चिन्ता?’

तस्बिरः देश सञ्चार

धनगढी –  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवालाई आफू सहयोग गर्न तयार रहेकाले चिन्ता नलिन आग्रह गरेका छन् ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने–‘म सहयोग गर्न तयार छु, सभापतिलाई म भए के को चिन्ता ?’

तपाईको असहयोगले पार्टीमा विभिन्न समिति गठन गर्न नसकेको सभापतिको भनाई छ नि भन्ने पत्रकारको जिज्ञासामा वरिष्ठ नेता पौडेलले सभापति देउवालाई यस्तो जवाफ दिएका हुन । नेता पौडेलले भने–‘म सहयोग गर्न सधैँ तयार छु यदि सभापतिजीले अझै सक्नुहुन्न भने नयाँ शुरुवात गरौं ।’ उनले नयाँ शुरुवात भनेको आगामी महाअधिवेशन अगावै क्रियासिल सदस्य देखि लिएर गाउँ, वडा, नगर लगायतका सबै संरचना नयाँ बनाउनु पर्ने बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेसले शुरुवात गरेको जागरण अभियानले पार्टी भित्र विचार मन्थन भएको र यसले कमी कमजोरी सुधारी पार्टीलाई एक ढिक्का बनाई अघि बढ्न सहयोग पुग्ने उल्लेख गरे ।

प्रकाशित मिति: : 2019-05-22 14:04:08

प्रतिकृया दिनुहोस्