पन्ध्र किलो चरेससहित तीन पक्राउ

तस्बिरः नयाँपत्रिका

काठमाडौंको ढुंगेअड्डाबाट बुधबार १५ किलो चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धादिङबाट चरेस लिएर मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बारवीसे घर भएका दिनेश कार्की, सुनीता तिमल्सिना र विश्वास थापा रहेका छन् । दुई जनाले मोटरसाइकलमा चरेस ल्याएको र अर्को एक जना काठमाडौंमा लिन बसेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रकाशित मिति: : 2019-05-22 13:33:57

प्रतिकृया दिनुहोस्