रमादानलगत्तै इरानमाथि अमेरिकाले आक्रमण गर्न सक्छ

अमेरिका र इरानबीच हाल जारी गतिरोध जुनै बेला युद्धमा रूपान्तरित हुने अवस्थामा छ । पछिल्लो समय अमेरिका र इरानबीचको टिप्पणी युद्ध सुरु गर्नुअघिको जस्तो सुनिन्छ । तीबारे विश्वभरीका समाचार संस्थाले खबर छापेकै छन्।

केही दिनअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इरानको छिमेकी देश इराक पुगे र आवश्यक परे अमेरिका इरानसँग लड्न तयार भएको बताए । 

तनावबीच अमेरिकाले आफ्ना युद्धपोत पनि खाडी क्षेत्रमा पठाएको छ । अमेरिकाले एक हिसाबले ठूलो युद्धको तयारी गरिरहेको प्रतित हुन्छ ।

अहिले इस्लाम धर्मावलम्बी रमादान मनाइरहेका छन् । साउदी अरब अमेरिकाको मध्यपूर्वको घनिष्ट मित्र भएकाले त्यहाँको नागरिकको धार्मिक भावनालाई सम्मान गर्न पनि अहिले त केही नहोला तर कैयौँ राजनीतिक विश्लेषकले यो महिना सकिनासाथ इरानमाथि आक्रमण सुरु हुने आँकलन गरेका छन् ।

प्रकाशित मिति: : 2019-05-22 07:11:39

प्रतिकृया दिनुहोस्