मोदीले आरोप लगाएपछि कुलमानले भने- भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिन तयार छु

काठमाडौं। सत्तारुढ दल नेकपाका सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रंक लाइनको बक्यौता उठाउने नाममा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागएका छन्।

जवाफमा कार्यकारी निर्देशक घिसिङले आफूले भ्रष्टचार गरेको प्रमाणित भएमा भुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका छन्।
 
संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको 'घुम्टो ओडेर' भ्रष्टचार गरिरहेको आरोप लगाएपछि घिसिङले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन्। 

प्रकाशित मिति: : 2019-05-22 07:05:38

प्रतिकृया दिनुहोस्