बालुवाटार जग्गा प्रकरण : उच्च अदालतमा मुद्दाको सुनुवाइ सुरु, के होला फैसला?

तस्बिरः नेपाललाइभ

काठमाडौं– बालुवाटारको ११३ रोपनी सार्वजनिक जग्गा भू-माफियाको खेलले व्यक्तिगत भएपछि खारेजीको माग गर्दै दायर भएको मुद्दा उच्च अदालत पाटनमा सुनुवाई सुरु भएको छ। 

काठमाडौं जिल्ला अदालतले भू-माफियाको पक्षमा फैसला सुनाएपछि अधिवक्ता दिपकराज जोशी उच्च अदालत पाटन पुगेका थिए।

जिल्ला अदालतको दुषित निर्णय एवं लिखत बदर हुनुपर्ने माग गर्दै जोशीले चैत ८ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। उक्त पुनरावेदनमा आज सुनुवाई गर्दै न्यायाधीशद्धय रमेशकुमार  पोखरेल र शान्ता सेढाईको इजलासले झगडिया झिकाउने आदेश गरेको छ।

उच्चले भुमि सुधार कार्यालय, मालपोत कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायलाई सरकारी जग्गा व्यक्तिको नाममा दर्ता हुनुको कारण लिखित रुपमा लिएर छलफलमा उपस्थित हुन समेत भनेको छ।

उच्चको यो आदेशसंगै बालुवाटर जग्गा प्रकरण उल्टिएर सरकारी हुन सक्ने वा नसक्ने विषय फैसलापछि भर पर्नेछ।

प्रकाशित मिति: : 2019-05-20 00:05:53

प्रतिकृया दिनुहोस्