सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

प्राइभ क्लबको दृश्य

ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ।

प्रायः अर्बपति मातापिताका छोराछोरीहरु फुर्सद मनाउन र पार्टनर खोजीमा पुग्ने प्राइभबाट कतिपय नेपाली कर्पोरेट दुनियाँका छोराछोरीबीचको सम्बन्ध नै सुरू भएको छ। गोपनीयता बाहिर नआउने कारणले पनि युवा उद्योगी, व्यवसायीका लागि सो क्लब थकान मेटाउने पहिलो रोजाइको जक्सन हो।

हिरो, हिरोइन तथा माेडलहरूबीच पनि प्राइभ लोकप्रिय छ।

२०७६ वैशाख २१ गते क्लबमा शनिबारे पार्टी चलिरहेको थियो। अंग्रेजी र हिन्दी गीतहरुमा अरु झैँ विवेक रावल पनि झुमिरहेका थिए। युवतीसँग पनि राम्रैसँग ‘प्रफर्म’ गरिरहेका थिए। मदिरा लागेपछि उनले राम्रोसँग खुट्टा टेक्न छोडे। त्यसपछि नजिकैको सोफामा पल्टिए। एक्लै क्लब पुगे पनि त्यहाँ भेटिएका साथीहरुसँग उनी मनोरञ्जन गरिरहेका थिए। निरन्तर पिइरहेका थिए।

प्रकाशित मिति: : 2019-05-20 00:03:39

प्रतिकृया दिनुहोस्