मुटु ठिक राख्ने तरिका

तस्बिरः सेतोपाटी

हाम्रो शरीरमा धेरै अंग छन् । धेरै अंगहरु दुईवटा भएपनि मुटु एउटा मात्रै हुन्छ । मष्तिस्कको पनि दुई भाग हुन्छ।किड्नी,फोक्सो दुईवटा हुन्छ । कलेजो दायाँ बायाँ दुई भाग हुन्छ। बाहिरबाट हेर्दा मुटु मुठ्टी आकारको हुन्छ।मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि।

मुटुबाट दुईवटा नसा निस्किएका हुन्छन् जसमध्ये एउटा  टाउकोबाट आएको हुने गर्छ भने अर्को शरीरको तल्लो भागबाट आउँछ। तलबाट आउने नसाले फोहर रगत लिएर आउछ। यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ। फोक्सोमा पुगेपछि अक्सिजन युक्त रगत मुटुको देब्रे भागमा चारवटा नलि मार्फत फर्किन्छ। मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ । स्वस्थ मुटुले यसरी काम  हुन्छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटक सम्म धड्किन्छ। भर्खर जन्मिएको बच्चाको १ मिनेटमा १ सय ४० पटक धड्किन्छ । उमेरसँगै मुटुको धडकन कम हुदै जान्छ।

प्रकाशित मिति: : 2019-05-18 12:55:40

प्रतिकृया दिनुहोस्