आँखाको आयू पाएकी आयुषा

काठमाडौँको बत्तिसपुतलीस्थित ग्लोवल आई क्लिनिकको सानो प्राङगण साना बालबालिका र तिनै बालबालिका अभिभावकले भरिएको थियो।

विश्व रेटिनो ब्लास्टोमा सचेतना सप्ताहको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनीहरु उपस्थित भएका थिए। सोही कार्यक्रममा सहभागी हुन रौतहटबाट आएका थिए रौतहटका अजय कुमार र चन्दादेवी गिरी पनि।

उनीहरु चार वर्षका छोरा र दुई वर्षकी छोरीलाई काखी च्यापेर स्टेजको पछाडि बसिरहेका थिए। उनीहरुको मुहार खुसीले धपक्क बलेको थियो। श्रीमान् श्रीमती घरीघरी कनेखुसी गर्दै थिए।

 

प्रकाशित मिति: : 2019-05-18 10:17:20

प्रतिकृया दिनुहोस्