स्वस्थ रहन दैनिक कति कप कफी पिउने?

बिहान एक कप कफी नपिउँदा जाँगरै नचल्ने हामी धेरै छौं। तर, त्यसपछि पनि कफी पिउने बहाना खोज्ने उत्तिकै छौं।

धेरै कफी पिउनु स्वस्थकर हुँदैन। विशेष गरी मुटुमा गम्भिर प्रभाव पर्छ। ‘द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसन’मा प्रकाशित नयाँ अध्ययनले कति कफी पिउनेबारे नयाँ खुलासा गरेको छ। कफीमा पाइने ‘क्याफिन’ केन्द्रीय स्नायु प्रणालीको ‘स्टिुमेलेन्ट’ हो। यसले जागा रहन सहयोग गर्दछ। केही मामिलामा त यसले अस्थायी रूपमा मात्छ पनि। त्यसैले यस्को पनि लत लाग्छ। अत्यधिक क्याफिन सेवनले ‘क्याफिन ओभरडोज’ हुन्छ। 

नयाँ अध्ययनका लागि युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका अनुसन्धाताहरूले ३७ देखि ७३ वर्ष उमेर समूहका करिब साढे तीन लाख व्यक्तिको कफी पिउने बानीको तथ्याङ्क विश्लेषण गरेका थिए। दैनिक ६ कप वा त्योभन्दा बढी कफी खानेलाई मुटु रोगको २२ प्रतिशत जोखिम बढी हुने उनीहरूले निष्कर्ष निकालेका छन्।

प्रकाशित मिति: : 2019-05-18 09:58:42

प्रतिकृया दिनुहोस्