मोबाइल आयात ६१ प्रतिशतले घट्यो, तस्करी बढेको भन्दै प्राधिकरणमा उजुरी

तस्बिरः सेतोपाटी

यो वर्ष नेपाल भित्रिने मोबाइलको संख्या घटेको छ। विश्वका विभिन्न मुलुकमा निर्माण भएर नेपाल आउने मोबाइल फोन अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढीले घटेको सरकारी तथ्यांकले देखाएको छ।

भन्सार विभागले प्रकाशित गरेको  साउनदेखि चैतसम्म ९ महिनाको व्यापार तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले मोबाइल आयात खुम्चिएको हो।

मोबाइलको आयात संख्या र मूल्य दुबैमा घटेको देखिएको छ। 

विभागका अनुसार चालु वर्षको नौ महिनामा ३२ लाख १२ हजार ४२७ युनिट मोबाइल आयात भएको छ। अघिल्लो वर्ष  ५२ लाखभन्दा बढी संख्यामा मोबाइल आयात भएका थिए। 

प्रकाशित मिति: : 2019-05-17 13:36:04

प्रतिकृया दिनुहोस्