आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जालले गर्ने कारोबारको कर लाग्ने

फेसबुक

यसका लागि सरकारले आवश्यक व्यवस्थासहितको विधेयक बनाएर संसदमा पेस गरिसकेको छ। 

सामाजिक सञ्जालमा हुने कारोबारलाई नियमन गर्न सरकारले ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अगाडि बढाएको हो। यसअघि नै अर्थ मन्त्रालयले सामाजिक सञ्जालबाट ठूलो रकम राजस्व संकलन गर्न सकिने आँकलन गरी प्रयोगकर्ता सर्वेक्षण गरिसकेको छ। सर्वेक्षणअनुसार नेपालमा मोबाइल सेवा लिने जनसंख्या नै तीन करोड ८० लाख पुगिसकेको छ। यसमध्ये करिब १ करोड १६ लाखले मोबाइल इन्टरनेट चलाउँछन् भने मोबाइल इन्टरनेट चलाउने अधिकांशले लोकप्रिय सामाजिक सञ्जालहरु चलाउँछन्।

प्रकाशित मिति: : 2019-05-17 13:24:32

प्रतिकृया दिनुहोस्