प्रधानमन्त्रीमा उग्रअहङ्कार, अधिनायकवादको गन्ध

तस्बिरः रातोपाटी

‘कम्युनिस्ट सरकार आए रुन पनि पाइँदैन’ काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि दिएको अभिव्यक्ति लामो समयसम्म चर्चित रह्यो । कतिले तत्कालीन एमाले र माओवादी गठबन्धनसामु निरिह बन्दै देउवाले टिप्पणी गरेको आरोप पनि लगाए। चुनावबाट कम्युनिट पार्टीले जनताको विश्वासको आधारमा जुन मत ल्याएर आफ्नो सरकार बनायो त्यसयता भए गरेका केही परिदृश्यले कतै केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको त हैन ? भन्नेतर्फ बल पुगेको आशङ्का गर्नेहरुको कमी छैन ।

वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीको प्रस्तुतिमा अहम्ता झल्किन्थ्यो । उनले सुरुमै विपक्षीलाई कुनै महत्त्व नदिई आफूले ‘कुण्ठा र निम्छरा अभिव्यक्ति वास्ता नगरेर प्रश्नहरूको जवाफ दिने’ बताए । जनताको चाहना, विपक्षीको सुझाव तथा आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरी सबैलाई मिलाएर उनकै शब्दमा भन्ने हो भने ‘विकास र समृद्धि’तर्फ लम्किनुपर्नेमा उनी विपक्षीको प्रश्नमै समेत चर्किए । यति मात्रै होइन विपक्षीले ओलीको अभिव्यक्तिको थप आलोचना गर्न थालेपछि ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्दै रातोपिरो बन्दा उनमा अहङ्कारी प्रवृत्ति देखिएको भन्दै विभिन्न टीकाटिप्पणी भए । प्रधानमन्त्रीको कुर्सीबाट ओलीले अरूलाई शिष्टताको पाठ सिकाउँदै गर्दा आफ्नै शिष्टता भने भूले अर्थात संसद्मा रहेको दुई तिहाइको दम्भले उनलाई अहङ्कारी बनायो  ।

 

प्रकाशित मिति: : 2019-05-17 13:18:24

प्रतिकृया दिनुहोस्