चियाघरमा घूसको मोलमोलाइ

ढोकाको भन्टिलेसनबाट फाइल भित्र राख्दै एजेन्टहरू।कोचाकोच गरेर सेवा लिँदै सेवाग्राही। तस्बिर : अन्नपूर्ण

बुटवल : मालपोत कार्यालय अनलाइन प्रणालीमा जानु सेवा प्रवाह सजिलो बनाउनु हो। तर बुटवल मालपोतका गतिविधि देख्दा त्यसको उल्टो लाग्छ। अनलाइनकै नाममा सर्वसाधारणले एक सातासम्म मालपोत धाउनुपर्ने बाध्यता त छँदै छ, कर्मचारीलाई घूस लिनसमेत सजिलो भएको छ।

‘पाँच हजार तिरेपछि फास्ट ट्र्याकमा काम हुन्छ’, मालपोतका एजेन्टहरू सेवाग्राहीलाई सुझाव दिन्छन्। सधैं लेखनदासले घेरिने मालपोतमा घूस दिन नसक्नेहरू सात दिनसम्म धाउनुपर्छ। केही समयअघि भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले दलाललाई मालपोतको गेटभित्र पस्न नदिने घोषणा गरेकी थिइन्। बुटवलको मालपोतमा भने तिनै दलाल सरकारी काम गरिरहेका भेटिन्छन्।

प्रकाशित मिति: : 2019-05-14 08:17:23

प्रतिकृया दिनुहोस्