सामाजिक सञ्जालले किशोरहरुलाई कति असर गर्छ ?

सामाजिक सञ्जालले किशोरहरुको जीवन सन्तुष्टिलाई सीमित वा अत्यन्तै थोरै मात्र असर गर्ने गरेको १२ हजार जनामा गरिएको एक बेलायती अनुसन्धानले जनाएको छ । यसरी अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको यस अनुसन्धानमा परिवार, साथीभाइ र स्कुल जीवनले उनीहरुको अवस्थामा सबैभन्दा बढी प्रभाव पार्ने गरेको पाइएको हो । 

यस्तोमा यो अध्ययन यसअघिका अध्ययनहरुको तुलनामा धेरै गहिराइ साथ गरिएको र ठोस नतिजा निकाल्न सफल भएको अनुसन्धानकर्मीहरुले बताएका हुन् । यसअघि सामाजिक संजालले किशोरहरुको मानसिक अवस्थामा ठूलो असर पार्ने र उनीहरु आफ्नो जीवनसँग कम सन्तुष्ट रहने गरेको दाबी गरिएको थियो । तर ती सबै अनुसन्धानहरु सिमित प्रमाणमा आधिरित भएका कारण यो विषयको पूरा जानकारी दिन असफल रहँदै आएको अक्सफोर्ड इन्टरनेट इन्स्टिटीउटका प्रोफेसर एन्ड्रिउ प्रिज्ब्लिस्की र एमी अर्बेनले बताएका हुन् । प्रोफेसर एन्ड्रिउले भनेका छन्, ‘ अध्ययनका अनुसार ९९.७५ प्रतिशत व्यक्तिहरुको जीवन सन्तुष्टि र सामाजिक संजालको प्रयोगबीच स्पष्ट रुपमा कुनै सम्बन्ध छैन ।’ 

प्रकाशित मिति: : 2019-05-13 09:26:22

प्रतिकृया दिनुहोस्