मकालु बरुणमा भेटिएको पाइला यतिको होइन, भालुको

तस्बिरः सेतोपाटी

भारतीय सेनाले नेपालको मकालु बरुण बेस क्याम्पमा यतिको पाइला भेटिएको भन्दै सोमबार ट्विट गर्‍यो। यतिको पाइलासमेत देखिएको दाबी गर्दै फोटोसहित राखिएको ट्विटले भारतमा मात्र होइन, नेपाली मिडियामा पनि स्थान पायो।

अहिले १८ जना भारतीय सेना र एक नेपाली सेनाका क्याप्टेन मकालु चढ्दै छन्। उनीहरू दुई समूहमा बाँडिएर मकालु आरोहण गर्दैछन्, तर मौसमले साथ दिएको छैन।

सेनासँगै मकालु आरोहणमा गएका उनीहरूका सामान बोक्ने भरियाले भने भारतीय सेनाले देखेको भन्दै प्रचार गरेको पाइला यतिको नभएर ठूलो भालुको भएको बताएका छन्।

‘म पछिल्लो टोलीमा थिएँ, मैले पाइला देखिनँ,’ आरोहण टोलीमा रहेका नेपाली सेनाका क्याप्टेन धर्मेन्द्र सिंहलाई उद्धृत गर्दै प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने, ‘अघिल्लो टोलीले पाइला देखेको रहेछ। हामी त्यहाँ पुग्दा पाइला थिएन।’

धर्मेन्द्रले अघिल्लो टोलीले पाइला देखेको कुरा बेस क्याम्प पुगेपछि मात्रै थाहा पाएका थिए।

प्रकाशित मिति: : 2019-04-30 18:54:21

प्रतिकृया दिनुहोस्