जापानी राजा आकिहितोले त्यागे गद्दी, ‘हेइसी’ युगको अन्त्य

जापानी राजा आकिहितोले जापानको राजगद्दी त्यागेका छन्। आकिहितोले मंगलबार गद्दी त्यागेसँगै जापानमा चलिरहेको ‘हेइसी’ युगको अन्त्य पनि भएको छ।

तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको हो। विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको  राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो। गद्दी त्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गरेका छन्। 

 

प्रकाशित मिति: : 2019-04-30 18:47:19

प्रतिकृया दिनुहोस्