कुवेतद्वारा नेपालसामू १५८ रनको लक्ष्य प्रश्तुत

तस्बिरः एजेन्सी

अलेसियामा जारी आईसीसी अन्डर-१९ विश्वकप छनोट अन्तर्गत प्रतियोगिताको अन्तिम खेलमा नेपाललाई कुवेतले जितका लागि १५८ रनको लक्ष्य दिएको हो।

किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनायो।

कुवेतका लागि नोमान बुद्रोले अर्धसतकीय पारी खेले। १२० बल खेलेका बुद्रोले ८ चौकासहित ७० रन बनाएर रन आउट भए।

ओपनर गोकुलकुमारले ३६ रन बनाउँदा हामुद अमुल्लाहले १७ रन जोडे। यस्तै अर्का ओपनर मीत भाबसारले १० रन जोड्नुबाहेक अन्यले उलेख्य प्रदर्शन गर्न सकेनन्।

कुवेतलाई कम योगफलमा रोक्न नेपालका लागि कप्तान रोहित पौडेलले ३ विकेट लिए।  सूर्य तामाङ, कुशल मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए।

किफायती बलिङ गरेका पवन सरार्फले १० ओभरमा २ मेडनसहित २५ रन खर्चिए पनि विकेट लिन सकेनन्।  

विश्वकपमा छनोट हुने ठूलो अपेक्षासहित मलेसिया पुगेको नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका बाबजुत युएईसँगको खेलमा वर्षा बाधक भएपछि छनोट सम्भावना क्षीण बनेको छ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसँग १ रनले ( डी/एल मेथड) पराजित भएको थियो।

तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। चौथो खेलमा ओमानलाई १५० रनको अन्तरले हराएको थियो।

यो सँगै ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेकोनेपाल शीर्ष स्थानको युएई भन्दा २ अंकले पछि छ। युएईको ८ अंक रहेको छ । कुवेतको पनि ६ अंक रहेको छ।

तर, नेपालको विश्वकप यात्रा भने अन्य खेलमा भर पर्नु पर्नेछ। विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्धको जितले मात्र पुग्ने छैन। नेपाललाई अन्य खेलको नतिजा आफु अनुकुल आउनु पर्ने हुन्छ ।

नेपालको विश्वकप यात्रा शीर्ष स्थानको युएई र ओमानबीचको खेलले तय गर्ने छ। उक्त खेलमा ओमानले जित निकालेमा नेपाल विश्वकपमा छनोट हुनेछ। तर, नेपालले कुवेतलाई हराउनुपर्नेछ। युएई विजयी भए नेपालको विश्वकप सपना सकिनेछ।

नेपालले कुवेतलाई पराजित गरे र युएई ओमानसँग पराजित भएमा दुवै टोलीको अंक समान ८/८ अंक हुनेछ। यस्तोमा नेपाललाई नेट रन रेटको फाइदा हुनेछ । समान अंक भए नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्ने छ ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्।

प्रकाशित मिति: : 2019-04-18 10:39:17

प्रतिकृया दिनुहोस्