नेपालमा भुइँमा ग्राउण्ड स्टेसन नै छैन, आकाशमा स्याटलाइट

तस्वीर सौजन्य: नासा

नेपालले ४२ लाख रूपैया खर्च गरेर आकाशमा फुच्चे स्याटलाइट पठाए पनि जमिनमा भने ग्राउण्ड स्टेसन नै नभएको समाचार आएको छ।ग्राउण्ड स्टेशन भनेको स्याटलइटले पठाएको तथ्याङ्क संकलन र विश्लेषण गर्ने स्टेसन हो।यो नभइ कुनै पनि तथ्यांकहरू लिन नै सकिदैन।

यो समाचारको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल पुष्टि गरेका छन्।उनी भन्छन्- हो हामीसँग ग्राउण्ड स्टेसन छैन। हामीले २१ दिने सूचनासहितको ग्राउण्ड स्टेशन निर्माणको बोलपत्र आह्वान गरेका छौं।

स्याटलाइट आकाशमा उडिसक्यो तर त्यसले पठाउँने सूचना नै लिने व्यवस्था नहुनु त नानी पाउँनु कहिले कहिले कोक्रो बुन्नु अहिले जस्तै हो। तर, स्याटेलाइट पठाउने जस्तो संवेदनशील विषयमा पनि यस्तै हचुवाको काम भएको छ।

यसबारेमा ढकाल भन्छन्- 'नाष्टमा लामो समय उपकुलपति नियुक्त नहटँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो। अब यो समस्या हटेको छ। चाँडै नै बन्छ।'

जापानी अन्तरिक्ष अनुसन्धान केन्द्र जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै सत् प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको बताइएको छ। ढकाल भन्छन्- 'ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा स्याटेलाइटबाट छिट्टै जानकारी पाउन सकिन्छ।' 

करिव २० लाखको लागतमा ग्राउण्ड स्टेशन तयार हुने अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2019-04-18 05:14:06

प्रतिकृया दिनुहोस्