मृतसागरमा ‘सगरमाथा चीनमा’ !

सगरमाथा चीनमा रहेको जानकारी दिइएको बोर्ड र पछि सच्चाइएको वोर्ड । तस्बिर इजरायलका लागि नेपाली दूतावास ।

काठमाडौं  : इजरायलले सर्वोच्च शिखर सगरमाथा नेपालमै रहेको स्वीकार गरेको छ। यसअघि जोर्डन र इजरायलको बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको सूचना राखेको थियो।

इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको पहलमा यसअघि उल्लेख गरिएको गलत सूचना सच्याइएको हो। उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो। शाक्यले होर्डिङ बोर्ड परिवर्तन गर्न सकेको जानकारी दिइन्। ‘निरन्तरको प्रयासपछि गलत सूचना सच्याउन सफल भएका छौं। त्यसका लागि म र मेरो देशका तर्फबाट इजरायली सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु’, राजदूत शाक्यले भनिन्। उनका अनुसार फेरिएको होर्डिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झन्डा नेपालको राखिएको छ।

प्रकाशित मिति: : 2019-04-17 08:52:13

प्रतिकृया दिनुहोस्