लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा कोपाइलटसहित २ को मृत्यु, ३ घाइते

तस्बिरः सामाजिक सञ्जाल

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा समिट एयरका कोपाइलट सुजित ढुंगाना र विमानस्थलमा खटिएका नेपाल प्रहरीका असई रामबहादुर खड्का छन्।

उड्न लागेको जहाज धावनमार्गबाट चिप्लिएर  हेलिकप्टरमा ठोक्किएर दुर्घटना भएको रानाले जानकारी दिए।

‘उड्न लागेको जहाज अनियन्त्रित भएर हेलिकप्टरमा ठोक्किएर दुर्घटना भयो, घाइतेलाई उद्धार गरी काठमाडौं पठाएका छौ,’ प्रजिअ रानाले भने।

घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौंस्थित ग्याण्डी अस्पताल ल्याइएको छ।

प्रकाशित मिति: : 2019-04-14 10:12:21

प्रतिकृया दिनुहोस्