भारतसँग पराजित भएसँगै मुख्य प्रशिक्षक खड्काले दिए राजीनामा

फाइल तस्बिर: बिएल

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा सोमबार भएको खेलमा नेपाल पुनः भारतसँग फाइनलमा २-० ले पराजित भएपछि राजीनामा दिने घोषणा गरेका हुन्।

प्रशिक्षक खड्का गत जेठमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो। जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो।

पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ। यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु।’

फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको उनले बताए। ‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो। अर्को गोल पनि हाम्रै कमजोरीमा भयो’ उनले भने ।

समग्र प्रतियोगताले नेपालको स्ट्राइकिङ जोनमा अझै सुधार गर्नुपर्ने देखिएको खड्काले बताए।

 

प्रकाशित मिति: : 2019-12-09 15:22:54

प्रतिकृया दिनुहोस्