ओली सरकार लाग्यो पौडेललाई जोगाउन, प्रवक्ता भन्छन्- 'उहाँ पीडित हो, अपराधी हैन'

सरकारको बोली : 'उहाँले जग्गा किन्नुभयो,तर जग्गा परेछ नक्कली।’ तस्वीर: रासस

नेकपाका महासचिव विष्णु पौडेलको बचाउमा सरकार उभिएको छ। सरकारले बिहीबार आयोजित गर्ने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बासकोटाले आफ्ना पार्टीका महासचिव पौडेलको जोडदार बचाउ गरे। 

उनले भने- उहाँ (पौडेल) त पीडित भइसक्नुभो । उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली ।’

'उहाँ त ठगीमा पो पर्नुभयो, उहाँ अपराधी होइन ’ भन्दै सरकारका प्रवक्ता बास्कोटाले अगाडि भने- ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन।कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ ।’

महासचिवले किन्नु नै भएको हो भने पनि बालुवाटारमा आठ आना जग्गा किने त्यत्रो पैसा कहाँबाट आयो ? त्यसबारेमा सम्पतिको स्रोत देखाउनु पर्ने होला। यसबारेमा एक  सञ्चारकर्मीले सोधेएको प्रश्नलाई भने उनले सुने पनि नसुनेझै गरेर टारिदिए।

बास्कोटाले प्रधानमन्त्री निबासको जग्गा किनबेच नभएको बताउँदै भने ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो ।’

उनले सरकारले ललिता निबासको विवादमा आएको जग्गा किनबेचमा रोक लगाइसकेको बताउँदै अगाडि भने- 'नक्कली कागज बनाएर प्रारम्भिक तहमा जसको नाममा जग्गा आयो र जसले त्यसमा भूमिका खेले, उनीहरुमाथि कारबाही हुन्छ।'

 

प्रकाशित मिति: : 2019-04-11 18:13:32

प्रतिकृया दिनुहोस्