आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालतमा लगेको छ।
अदालतले अनुसन्धानका लागि दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अदालतमा हाजिर गराइएको हो।
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो। पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो।
तर, अदालतले थप गरेको म्यादमा अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपका लागि अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो।