डिस्चार्ज भए प्रधानमन्त्री ओली

फाइल तस्बिर: बिएल

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन्।

यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन्। प्रधानमन्त्री ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। उनको घाउ निको हुँदै गएकोले डिस्चार्ज गरिएको चिकित्सकहरूले बताए।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए।

प्रकाशित मिति: : 2019-12-05 15:58:12

प्रतिकृया दिनुहोस्