चोट मुक्त हुँदै मैदान फर्किएका अब्राहमको उत्कृष्ट प्रदर्शनमा चेल्सी विजयी

तस्बिर:एजेन्सी

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई हराएको छ ।

बुधबार चेल्सीले स्टामफोर्ड ब्रिजमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएको हो। चेल्सीका लागि चोट मुक्त हुँदै मैदान फर्किएका टमी अब्राहमले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेका थिए। उनले मासन माउन्टका लागि गोलका लागि अवसर सिर्जना गरेका हुन्। त्यस्तै एस्टन भिल्लाका लागि एक गोल ट्रजिगीले फर्काए।

खेलमा अग्रता चेल्सीले २४ औं मिनेटमा अब्राहमको गोलबाट लिएको थियो।

तर, ४१ औं मिनेटमा पाहुना टोलीकालागि ट्रजिगीले बराबरी गोल फर्काए।

४८ औं मिनेटमा चेल्सीका विलियमको क्रसमा अब्राहमले मिलाईदिएको पासमा माउन्टले विजयी गोल गरे गरेका थिए।

जितसँगै चेल्सी २९ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ। उसले पाँचौ स्थानका उल्भ्ससँग ६ अंकको अग्रता बनाएको छ।

तालिकाको १५ औं स्थानमा रहेको एस्टन भिल्ला १५ अंक सहित रेलिगेशन जोनभन्दा मात्र एक अंकले माथि छ।

प्रकाशित मिति: : 2019-12-05 07:58:46

प्रतिकृया दिनुहोस्