'सेल्फी किङ'को टिजर सार्वजनिक,विपिनलाई स्टारडमको घमन्ड

तस्बिरः एजेन्सी

अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को अफिसियल टिजर सार्वजनिक भएको छ। पोस्टर हलिउड फिल्म जोकरसँग मिलेको भन्दै विवादमा तानिएको फिल्म सेल्फी किङ’मा विपिन कार्कीको कमेडी गेटअप छ।

विशाल सापकोटा निर्देशित फिल्मको १ मिनेट २ सेकेण्ड लामो टिजरमा अभिनेता विपिन मात्र देखिएका छन्। टिजरमा कलाकारको जिवनमा आउने उतारचढाव, स्टारडम र नैराश्यतालाई प्रस्तुत गरिएको छ।

सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी फिल्ममा छ। २४ माघबाट प्रदर्शनमा आउने यो फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ।

दिनेश राउत र सुवास थापाले मिलेर यो फिल्म बनाएका हुन् । फिल्ममा अभिनेत्री केकी अधिकारीको आइटम नृत्य रहेको छ। ‘सेल्फी किङ’ मा विपिन र लक्ष्मी श्रीमान् श्रीमतीको भूमिकामा छन्।

'सेल्फी किङ' आँउदो माघ २४ मा रिलिज हुँदैछ।

 

 

प्रकाशित मिति: : 2019-12-04 15:06:57

प्रतिकृया दिनुहोस्