यस सिजनमा ६०९ आरोही उकालो लाग्दैछन् हिमालतिर

तस्बिर: गूगल

यो वसन्त ऋतुमा ६०९ पर्वतारोहीले नेपालका २० वटा हिमाल आरोहण गर्ने प्रयास गर्ने भएका छन्। उनीहरू विभिन्न २० समुहमा समावेस भएर हिमाल आरोहण प्रयास गर्नेछन्। 

सधैंझै यस वर्ष पनि सबैभन्दा बढी आरोहीले विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहणकै लागि प्रयास गर्नेछन्।पर्यटन विभागका अनुसार यस सिजनमा ३० समुहमा तीनसय आरोहीले सगरमाथा चढ्ने प्रयास गर्नेछन्। त्यसपछि ६ समुहका ५९ जनाले ल्होत्से र चार समूहका ५३ जनाले नुप्त्से हिमाल आरोहणको प्रयास गर्नेछन्। 

यसैगरी चार समूहका ५३ जनाले मकालु, ४१ जनाले अमादब्लम र ३२ जनाले कञ्चनजंघा आरोहण प्रयास गर्नेछन् भने तीन समुहबाट २३ जनाले अन्नपूर्ण प्रथम हिमाल चढ्ने प्रयास गर्नेछन्। दुई दुई समूहका २७ जनाले नुप्त्से, पाँचजनाले धवलागिरि, ६ जनाले ग्याल्जेन पिक र पाँचजनाले थापा पिक आरोहणको अनुमति लिएका छन्। 

यो सिजनमा एक-एक समुहबाट पासाङ ल्हामु चारजनाले, पुमोरी ११ जनाले, रत्न चुली पाँचजनाले, सारिबुङ १२ जनाले, लाङ्टाङ लिरूङ दुईजनाले, कुम्भकर्ण तीनजनाले, हिमजुङ चारजनाले,चम्लाङ १० जनाले र चोपाबामरे दुईजनाले आरोहण गर्ने अनुमति लिएका छन्।  

प्रकाशित मिति: : 2019-04-10 06:09:48

प्रतिकृया दिनुहोस्