उसुकाे थाउलोतर्फ दीपक हमाललाई स्वर्ण

प्रतिकारत्मक तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ। बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।

उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन्।

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २४ पुर्‍याएको छ।

प्रकाशित मिति: : 2019-12-04 11:31:05

प्रतिकृया दिनुहोस्