डिफेन्डिङ च्याम्पियन नेपालले आज श्रीलंकाको सामना गर्ने

फाइल तस्बिर: बिएल

डिफेन्डिङ च्याम्पियन नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा दोस्रो खेलमा आज (बुधबार) श्रीलंकाको सामना गर्नेछ। फुटबलमा बुधबार एक मात्र खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाली समयअनुसार साँझ ५ बजेबाट सुरु हुनेछ।

मंगलबार भएको खेलमा नेपालले कप्तान सुजल श्रेष्ठकाे दुई तथा अभिषेक रिजाल र मिक्चेन तामाङको समान एक एक गोलको मद्धतमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।

नेपालका लागि सुजलले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए। उनकै गोल मार्फत पहिलो हाफसम्म १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल थप्यो।

दोस्रो हाफ सुरु भएको पाँचौ मिनेटमा नै नेपालका सुजलले नै दोब्बर अग्रता दिलाए।

यस्तै खेलको ६५ औं मिनेटमा अभिषेक रिजाले नेपालको अग्रता ३–० मा पुर्‍याए।

खेलको ७६ औं मिनेटमा मिक्चेनले फ्रि किकमार्फत् चौथो गोल गरे।

जितसँगै नेपाले ३ अकं जोडेको छ। भुटानको पनि समान ३ अकं रहेपनि अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। यता बंगलादेशले भने खाता खोल्न सकेको छैन्।

साग फुटबलमा भारतले भने भाग लिएको छैन।

प्रकाशित मिति: : 2019-12-04 07:09:00

प्रतिकृया दिनुहोस्