पर्सामा शंकास्पद अवस्थामा एक युवकको शव फेला

प्रतिकारत्मक तस्बिर

पर्सामा शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ।

पोखरीया नगरपालीका वडा नं. १ बनकटवा निवासी शिव महतोका १८ वर्षिय छोरा रुपेश कुशवाहाको शव झुण्डिएको अवस्थामा फेला परेको हो। दुई दिन अगाडि काठमाडौं जान्छु भनेर निस्केका रुपेश मंगलबार बिहान नजिकैको आपँको बगैचा छेउको झोपडिमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

मृतक युवक पोखरीया बजारमा रहेको मोटरसाईल वर्कशपमा काम गर्थे र उनको घरमा कुनै विवाद नरहेकाले कसैले आफ्नो छोरालाई मारेर झुण्ड्याएको बुवा शिवको भनाई छ।

घटनास्थालको बारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-03 15:52:28

प्रतिकृया दिनुहोस्