टी १० लिग क्रिकेटको उपाधि मराठा अरेविन्यसललाई, बांग्लाले तेस्रो स्थानमा चित्त बुझायो

तस्बिरः एजेन्सी

टी १० लिग क्रिकेटको उपाधि मराठा अरेविन्यसले जितेको छ।

गएराति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो। डेक्कनले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन बनाएको थियो। मराठाले २ विकेट गुमाउँदै ८ औं ओभरमा लक्ष्य पुरा गर्‍यो।

८८ रनको लक्ष्य पछ्याएको मराठाले सहज सुरुआत गरेको थियो।

क्रिस लिन र चाडविक वाल्टनले पहिलो विकेटकालागि ५६ रनके साझदेरी गर्दै जितको अधार तय गरेका थिए। लिन १६ रन बनाएर आउट भए।

वाल्टनले ५१ तथा जनीबुल्लाहले १२ रन जोड्दै जित निकाले।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको डेक्कनको कप्तान शेन वाट्सन १ रनमा आउट भए।

मोहम्मद शहजादले १४ तथा किरोन पोलार्ड५ रन बनाएर। भानुका राजपकसाले २३ तथा आसिफ खानले २५ गरि ५३ रनको साझेदारी गर्दै टिम सम्हाल्ने प्रयास गरेका थिए।

मराठा अरेवियन्सका लागि ड्वान ब्राभोले २ तथा लासिथ मालिंगा, मिभेल म्याक्लेनेघन र कसुन रजीताले एक एक विकेट लिए।

यता बांग्ला टाइगर्स तेस्रो भएको छ। क्वालन्दर्सलाई ६ विकेटले पराजित गर्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो ।

११० रनको लक्ष्य पछ्याएको बांग्ला टाइगर्सले २ बल बाँकी छदै ५ विकेट गुमाएर विजयी भयो।

बांग्लाको जितमा आन्द्रे फ्लेचरले ५२ तथा रिलि रुसोले ३१ रनको योगदान गरे।

टस हारेर पहिला ब्याटिङ गरेको क्वालन्दर्सले निर्धारित ओभरमा ३ विकेट गुमाएर १०९ रन मात्रै बनायो। क्वालन्दर्सका लागि फिल साल्टले ३० तथा पिटर ट्रिगो २३ रनमा नट आउट रहे।

यस्तै डेभिड मलनले २४ तथा लुकी रोचीले १९ रनको योगदान गरे । बांग्लाकालागि प्रवात जयसुर्याले २ विकेट लिएका थिए।

प्रकाशित मिति: : 2019-11-25 07:32:23

प्रतिकृया दिनुहोस्