ट्रकको ठक्करबाट एकको मृत्यु

प्रतिकात्मक तस्बिर

भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आइतबार बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई बिहान ५ः५४ बजे ठक्कर दिएको थियो।

ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो। पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-24 08:09:24

प्रतिकृया दिनुहोस्