पूर्वकप्तान पारस सम्मिलित टिमद्वारा कर्नाटका पराजित

फाइल तस्बिर

युएईमा जारी टी १० क्रिकेट लिगको सुपर लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित टिमले लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम्लाई पराजित गरेको छ।

शुक्रबार आबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा पारसको टिम आबुधाबीले सन्दीपको टिम कर्नाटका टुसकेर्सलाई ३४ रनले हराएको हो। आबुधाबीले दिएको १ सय २९ रनको लक्ष्य पछ्छाएको कर्नाटकाले १० ओभरमा ६ विकेट गुमाउदै ९४ रनमा रोकियो।

कर्नाटकाका लागि रायन टेन डेस्काटेले अविजित ३२ रन जोडे। यस्तै कप्तान हसिम अमलाले १८ रन जोड्दा अहमेद राजाले १३ रन जोडे ।

आबु धाबीका हेडेन वाल्सले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आबुधाबीले १० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनायो।

आबुधाबीका लागि लुक राइटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान मोइन अलीले ३५ रन जोड्दा वाएण म्याडसेन २० रनमा अविजित रहे ।

कर्नाटकाका नाथन रिमिङटनले १ विकेट लिए।

सन्दीप भने अन्तिम खेलमा बेन्चमा रहेका थिए ।

यस्तै आबुधाबी र कर्नाटका दुवै टिम प्ले अफमा पुग्न सकेनन् ।

प्रकाशित मिति: : 2019-11-23 00:02:02

प्रतिकृया दिनुहोस्