उपप्रधानमन्त्री उपेन्द्र यादव आज ‍ दिल्ली जाँदै

फाइल तस्बिर

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली जाँदैछन्।

पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत जान लागेका हुन्।

मन्त्री यादवका सल्लाहकार के.के. राईले स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको बताए।

यतिबेला सीमा विवादका कारण प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग भारतको सम्बन्ध चिसिन थालेको बताइन्छ। सोही समयमा सीमा समस्या समाधानका लागिसमेत संविधान संशोधन आवश्यक रहेको तर्क गर्ने सत्ता साझेदार दलका नेतासमेत रहेका यादवको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2019-11-18 13:32:19

प्रतिकृया दिनुहोस्