नेकपा (विप्लव) स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलगायत सो पार्टीका ९ जनालाई बयानका लागि ११ बजे सर्वोच्च अदालतमा उपस्थित गराइने भएको छ।
सर्वोच्चमा हाजिर गराएपछि उनीहरुको पक्ष र विपक्षमा बहस हुनेछ। राजद्रोहको मुद्दामा हिरासतमा राखिएका ओलीसहित ९ जनासँग क्रमशः बयान लिइने तयारी भएको स्रोतले जानकारी दिएको छ।
यसअघि अर्का नेता मोहन कार्की 'जीवन्त' लाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। उनलाई अदालतले छोड्ने आदेश दिए पनि उनलाई प्रहरीले तुरून्तै पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय, संखुवासभामा अर्को मुद्दामा पनि कार्कीविरुद्ध अनुसन्धान गर्नु पर्ने भएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।