चितुवाको डमरु मृत फेला

बिएल

तनहुँको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ। व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा सोमबार बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो।

अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चितुवाको डमरु पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय प्रमुख केदार बरालले जानकारी दिए। डमरुको मृत्युको कारणबारे खुल्न नसकेको बरालले बताए।

मृत भेटिएकाे उक्त डमरू डिभिजन वन कार्यालय तनहुँमा ल्याएर मुचुल्का उठाइएकाे छ भने लगत्तै कम्पाउण्ड भित्र गाडिएको छ।

जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतङ्क छ। भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन्।

प्रकाशित मिति: : 2019-11-18 13:08:36

प्रतिकृया दिनुहोस्