शीर्ष स्थानमा रहँदै ईङ्ल्याण्ड युरोकपमा छनोट

तस्बिरः एजेन्सी

शीर्ष स्थानमा रहँदै ईङ्ल्याण्ड युरोकपमा छनोट भएको छ।

आइतबार राति समूह एको खेलमा ईङ्ल्याण्डले कोसोभोलाई ४–० गोल अन्तरले हराएको हो । ईङ्ल्याण्डको जितमा ह्यारी केन,ह्यारी विङ्क,मासन माउन्ट र मार्कुस रासफोर्डले समान एक एक गोल गरे।

खेलमा अग्रता ईङ्ल्याण्डले ३२ औं मिनेटमा विङ्कको गोलबाट लिएको थियो।उनकै गोलबाट पहिलो हाफ १–० को अग्रता लिएको ईङ्ल्याण्डले दोस्रो हाफमा थप ३ गोल गर्यो।

७९ औं मिनेटमा केनले अग्रतालाई दोब्बर बनाए। त्यसको चार मिनेटपछि रासफोर्डले ईङ्ल्याण्डलाई ३–० को स्थिती पुर्याएका थिए ।

ईन्जुरी समयमा माउन्टले गोल गर्दै पाहुना टिमलाई सहज जित दिलाए।

शीर्ष स्थानको ईङ्ल्याण्डले ८ खेलबाट २१ अंक जोड्यो। कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो।

प्रकाशित मिति: : 2019-11-18 07:41:52

प्रतिकृया दिनुहोस्