युरोकप छनोट: अन्तिम खेलमा पनि फ्रान्स विजयी,ग्रिजम्यानले पनि गरे गाेल

तस्बिरः एजेन्सी

फ्रान्सले युरोकप छनोटको अन्तिम खेलमा जित हात पारेको छ।

आइतकार राति भएको खेलमा फ्रान्सले अल्बानियालाई २–० गोलले पराजित गरेको हो। फ्रान्सको जितमा कोरेन्टिन टोलिसो र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरे।

टोलिसोले आठौ मिनेटमा फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ३१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सको अग्रता पहिलो हाफमै दोब्बर बनाएका थिए। पहिलो हाफ २–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा पनि अग्रता जोगाइ राख्दा जित हात पार्यो।

जितसँगै समूह एचमा रहेको फ्रान्सले १० खेलबाट २५ अंक जोड्यो। अल्बानिया १३ अंक सहित चौथो स्थानमा रह्यो ।

स्पेनले छनोटको अन्तिम खेलमा रोमानिया र जर्मनीले नर्दन आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति: : 2019-11-18 07:29:00

प्रतिकृया दिनुहोस्