‘रातो र चन्द्र सूर्य....’ गीतमा नाँचे पूर्वराजा ज्ञानेन्द्र! (भिडियोसहित)

यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी । तस्बिर सौजन्य : लड ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र काठमाडौैंको एक रेष्टुरेन्टमा नाँच्दै गरेको दृश्य भाइरल भएको छ।

दृश्यमा उनी छोरी प्रेरणा र बुहारी हिमानीका साथ 'रातो र चन्द्र सूर्य जंगी निशान' हाम्रो बोलको गीतमा नाँचिरहेको देखिन्छ ।

काठमाडौैंको ठमेल भगवतीस्थानस्थित लड (एलओडी) अर्थात् लर्ड अफ ड्रिक्सको दृश्य थियो त्यो । 

विन्दास मुडमा देखिएका पूर्वराजा ज्ञानेन्द्र रेष्टुरेन्टमा आएका अरू ग्राहकसँग पनि नाँचिरहेको देखिन्छ ।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट झरेर ज्ञानेन्द्र शाह भएका उनको जीवनले अपत्यारिलो उतारचढाव भोगेको छ। एक मात्र छोरो पारसका कारण थप तनाव भए पनि उनी जसरी जिन्दगीलाई जिइरहेका छन्, त्यो हेर्दा हरेकले दु:ख र सुख केही हैनन् भन्ने पाठ सिक्न जरूरी छ ।

रेष्टुरेन्टमा रहेका ग्राहकलाई हात हल्लाएर अभिवादन गर्दै गरेका पुर्वराजा ज्ञानेन्द्र निक्के हसिलो मुद्रामा देखिएका थिए। 

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट झरेर ज्ञानेन्द्र शाह भएका उनको जीवनले अपत्यारिलो उतारचढाव भोगेको छ। एक मात्र छोरो पारसका कारण थप तनाव भए पनि उनी जसरी जिन्दगीलाई जिइरहेका छन्, त्यो हेर्दा हरेकले दु:ख र सुख केही हैनन् भन्ने पाठ सिक्न जरूरी छ ।

परम्परागत शक्तिशाली राजतन्त्रको विकल्प खोजेका नेपाली पछिल्लो समय पार्टी र झण्डैपिच्छेका छोटे महाराजा तथा महारानीबाट आजित भएजस्तो देखिन्छ। परिणामस्वरूप पूर्वराजा ज्ञानेन्द्रप्रति एक किसिमको आकर्षण र सहानुभूति क्रमश: बढ्दै गएको हो कि जस्तो पनि देखिएको छ । 

दुईतिहाइ बहुमतको पार्टीका अध्यक्ष र प्रधानमन्त्री समेत बेलाबेला पूर्वराजालाई धम्काइरहेका हुन्छन्। यसबाट पनि पूर्वराजा ज्ञानेन्द्र एक शक्तिकै रूपमा रहेको जो कोहीले पनि अनुभव गर्न थालेका छन् । पूर्वराजाका एक शुभचिन्तक भन्छन्- 'राजाले केही गर्नै पर्दैन, अहिलेका छोटेराजाका कुकृत्य नै उनलाई लोकप्रिय बनाउन पर्याप्त छन्।'

 

 

प्रकाशित मिति: : 2019-11-18 07:07:07

प्रतिकृया दिनुहोस्