युरोकपमा छनोट: साबिक विजेता पोर्चुगलको जित, रोनाल्डोको ९९औं गोल

तस्बिरः एजेन्सी

साबिक विजेता पोर्चुगलले युरोकपमा छनोट २०२० मा छनोट भएको छ।

आइतबार राति भएको खेलमा लक्जम्बर्गविरुद्ध २–० को जित निकाल्दै पोर्चुगल छनोट भएको हो।

लक्जम्बर्गको घरेलु मैदानमा भएको उक्त खेलमा पाहुना टोली पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेस र कप्तान क्रिस्टियानो रोनाल्डोले समान एक–एक गोल गरे।

पोर्चुगलले खेलको ३९औं मिनेटमा सुरुआती अग्रता बनाएको थियो।  फर्नान्डेसले गोल गर्दै सुरुआती अग्रता दिलाए।

यस्तै खेलको ८४औं मिनेटमा रोनाल्डोले दाेस्राे गोल गरे। रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ६४ खेलमा ९९औं गोल गरेका गरेका हुन्। 

यस्तै उनी अली डाईको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान नजिक पुगेका छन्। इरानी अली डाईले १ सय ४९ खेलबाट १ सय ९ गोल गरी सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बनाएका थिए। 

सन् २०१६ को विजेता पोर्चुगल समूह ‘बी’को उपविजेता हुँदै युरो कपमा छनोट भएको हो। यद्यपि, पोर्चुगल ६ महिनअघि नै सेमिफाइनालिस्ट–टिम विजेताको हैसियतमा युरो कपमा  छनोट भइसकेको थियो ।उक्त समूहको विजेता हुँदै युक्रेन यस अघिनै छनोट भइसकेको छ।

प्रकाशित मिति: : 2019-11-17 22:26:10

प्रतिकृया दिनुहोस्