पारसको टिम आबुधाबीलाई ९३ रनको सामान्य लक्ष्य

बिएल

नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का रहेको टिम आबुधाबीले टी–१० क्रिकेट लिगको दोस्रो अहिले नर्दन वारिवर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

शेख जायद स्टेडियममा वारिवर्सले टस जितेर पहिले ब्याटिङ गरेको वारिवर्सले १० ओभरमा १ विकेट गुमाएर ९२ रन बनायो। उसले आबुधाबीलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ।

वारिवर्सका लागि आन्द्रे रसेलले अविजित ३७ तथा साम बिलिङ्सले अविजित ३५ रन बनाए।

यस्तै कप्तान डरेन सामीले १७ रन बनाए।

क्वालान्डर्ससँगको पहिलो खेल टाई हुँदा आबुधाबीले अंक बाडेको थियो।

समूह'बी'मा रहेको आबुधाबीले एक खेलमा १ अंक जोडेको छ र ऊ समूहको तेस्रो स्थानमा छ। वारिवर्स दुई खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-11-17 18:04:26

प्रतिकृया दिनुहोस्