उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ : केन्द्रीय सदस्य पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन्।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आइतबार पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले उक्त कुरा बताएका हुन्।

उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रता हनन् गर्ने जस्ता कार्यमा उद्यत रहेको धारणा राखे।

 

 

 

 

प्रकाशित मिति: : 2019-11-17 14:03:40

प्रतिकृया दिनुहोस्